नियम ३०
इजाजतपत्र नवीकरण
(१) नियम २८ बमोजिम इजाजतप्राप्त कम्पनीले आफूले प्राप्त गरेको इजाजतपत्र नवीकरण गराउन प्रत्येक वर्ष असोज मसान्तभित्र देहायका विवरण कागजात सहित त्यस्तो इजाजतपत्र जारी गर्ने विभाग वा कार्यालयसमक्ष निवेदन दिनु पर्नेछः-
(क)   गत आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा सोभन्दा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख)   नियम ३१ बमोजिमको विवरण बुझाएको निस्सा,
(ग)  इजाजतपत्र लिँदा बैंक ग्यारेण्टी राखेको भए त्यस्तो बैंक ग्यारेण्टी नवीकरण गरेको प्रमाण,
(घ)  अनुसूची-८ बमोजिमको नवीकरण दस्तुर ।
(२) उपनियम(१)बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराउने श्रम आपूर्तिकर्ताले सोही आर्थिक वर्षभित्र नवीकरणको लागि निवेदन दिएमा म्याद भुक्तानी भएको प्रत्येक महिनाको लागि नवीकरण दस्तुरको दश प्रतिशतले हुन आउने रकम थप दस्तुर लिर्इ विभाग वा कार्यालयले त्यस्तो इजाजतपत्र नवीकरण गरिदन सक्नेछ।